Badikedar Khabar

आदर्श गाउँपालिकामा पाचौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु  

डोटी  डोटी जिल्लाको आदर्श गाउँपालिकामा पाचौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार देखि सुरु भएको छ ।

आदर्श गाउँपालिकाको वडा नं। ४ मा रहेको प्रभात माध्यमिक बिद्यालय मा पुस २४ गते देखि २६ गते सम्मका लागि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंहले एक समारोहकाबीच गरेका छन् ।

गाउँपालिका स्तरीय प्रतियोगितामा आदर्श गाउँपालिकाका १० ओटा सामुदायिक विद्यालयकाका विद्यार्थीको सहभागिता रहेको छ ।

jnhit

कार्यक्रममा संयोजक सिंहले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने भन्दै सबैले पढाइ संगै खेलकुदमा लगानि लगाउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गणेश खड्काले खेल पनि एक शिक्षा भएको र खेलाडी भनेका देशका पहिचान भएको बताउदै यो क्षेत्रका बिद्यार्थीले आफ्नो पहिचान बनाउनका अग्रसर भए आफू जस्तोसुकै सहयोग गर्न पछि नपर्ने समेत बताए ।

पालिका उपाध्यक्ष लक्ष्मी धामि रोकायाले शिक्षा,खेलकुद,र अनुशासन एक अर्काका परिपुरक भएको भन्दै खेल मर्यादित तबर बाट सम्पन्न गर्न आग्रह गर्दै पछि गएर यश ठाउका खेलाडीले राष्ट्र कालागि पनि खेल्ने खेलाडी उत्पादन हुने बिश्वास रहेको बताएकि छन् ।

प्रतियोगितामा भलिवल, हाइजम्प, लमजम्प, विभिन्न मिटरका दौड लगाएतका खेल समावेश रहेकोछ ।

sugag
याे पनि हेर्नुस्
Loading...