Badikedar Khabar

केदारेश्वर माध्यामीक विध्यालय लानाको विव्यस अध्यक्षमा धामी

एकेन्द्र चन्द , डोटी, डोटीको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना रन्तोलामा रहेको केदारेस्वर माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ । ब्यवस्थापन समितिको अध्यक्षमा प्रकाश धामी सर्वसहमत चयन भएका छन् ।

jnhit

आज शुक्रबार आयोजना गरिएको अभिभावक भेलाले धामिको नेतृतवमा नौ सदस्ययि समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा इन्द्रा देबि चन्द, डम्बरी मल्ल, सरिता भुल,दिपक मल्ल, भिम बोहरा,गणेश बिनाडी,र शिक्षक बाट चक्र चन्द चयन भएका छ्न त्यतै सदस्य सचिवमा प्रधानाध्यापक डम्बर बहादुर मल्ल चयन गरीएको गरिएको विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर मल्लले बताउनु भयो ।

साथै सो भेलाले खेमराज मल्लको अध्यक्षतामा ११ सदस्ययी शिक्षक अभिभाबक संघ पनि गठन गरेको छ ।
बिधालयको शैक्षिक र आर्थिक सुधारको लागि केहिदिनमा योजनाहरु निर्माण गरेर अगाडि बढ्ने बिधालय ब्यवस्थापन समितीका नवनिर्बाचित अध्यक्ष प्रकाश धामिले बताए ।

 

sugag
याे पनि हेर्नुस्
Loading...