एकेन्द्र चन्द , डोटी
वर्षाैँदेखि खानेपानीको समस्यबाट हैरानी भएका बडिकेदार गाउँपालिका -२ चिन्नेबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त ठाउँमा खानेपानी पुगेको हो ।

पुस्तौँदेखि करिब डेढ घण्टाको बाटो हिडेर पानीको जोहो गर्दै जीवन निर्वाह गरिरहेका चिन्निनेको एउटा मगर टोलका स्थानीयवासी स्वच्छ सफा पानी पाउँदा निकै हर्षित भएका छन् । पानी लिन डोको नाम्लोको सहारामा घण्टौं सम्म हिड्नु पर्ने स्थानीय नागरिक सुदुरपश्चिम प्रदेश सरकारको करिब ३५ लाखको लागतमा चिन्ने लिप्ट खानेपानी निर्माण सघै घर आँगनमै पानी पाउँदा घरायसी काममा समेत सहजता भएको छ ।
पानी घरघरमा पुगे पछि करिब १५ घरपरिवार बसोबास गर्दै आएको चिन्नेमा पानीको पिरलो हटेको छ। तर स्थानीयबासीको खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेम घर्तीमगरले बताउनु भयो ।
बर्षौ देखि निकै खानेपानीको समस्या झेल्दै आएका थियौ बर्खायाममा आकाशको पानी संकलन गरेर खाने गरेका थियौं टाउकोमा र पिठ्युँमा पानी बोकेर खानु पर्ने बाध्यता हटेको र सुदुरपश्चिम प्रदेश सरकारको लागतमा तीन चरणमा खानेपानी योजना सम्पन्न भएको चिन्ने लिप्ट खानेपानी उपभोक्त समिती अध्यक्ष देबिसरा घर्तीमगरले बताउनु भयो ।
खानेपानीको चरम समस्या भोग्दै आएका स्थानीयले लिप्ट बाट पानीको धारा घरघरमा पुगे पछि स्थानीयले राहात महसुस गरेका छ्न ।
