बडीकेदार , नेपाल तरुण दलद्धारा डोटीको विपि नगर बजारमा सरसफाइ गरीएको छ ।
नेपाल तरुण दल केन्द्रिय सदस्य पबिना जोशीको नेतृत्वमा तथा नेपाल बिद्यार्थी संघ जिल्ला उपाध्यक्ष यशोदा बोहरा र नेपाल तरुण दल बडिकेदार गाउ पालिका सभापति तेजेन्द्र देउवाको संयुक्त आयोजनामा बि पि नगर बजार सरसफाई गरेको हो ।
सो सरसफाइ कार्यक्रममा बोल्दै नेपाल तरुण दल केन्द्रिय सदस्य पबिना जोशीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधै हातेमालो गरेर अगाडी बताईन । साथै उक्त कार्यक्रमका नेपाल प्रहरी , स्थानीय ,व्यापारी लगगायत विभिन्न सरोकारवालहरुको सहभागीता रहेको नेपाल तरुण दल डोटी जिल्ला कार्यसमिति सदस्य रोसन कोलिले बताए ।