Badikedar Khabar

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

jnhit

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । बिहीबार ८८ हजार ७ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ८९ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि महासंघले तेजावी सुनको भाउ ८९ हजार १५० रुपैयाँ तोकेको छ । बिहीबार ८८ हजार २५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ पनि शुक्रबार तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ११२० रुपैयाँका कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११४० रुपैयाँ पुगेको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...