नेपालमा गलैंचा उद्योगको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने उद्योगीहरुले बताएका छन् । गलैंचा उद्योगको सम्वर्द्धन, प्रवर्द्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उनीहरुको गुनासो छ ।

गण्डकी प्रदेशका सांसद एवं संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैंचा उद्योगहरुले आफ्नो व्यवसायिक गतिविधिलाई निरन्तरता दिएको बताए । यसले राष्ट्रिय अर्थतन्त्रमा निकै राम्रो योगदान पुर्याउन सफल भएको उनको भनाइ छ ।
नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ संसोधनका आधारमा नेपाली गलैंचा व्यवसायीहरुले ५ प्रतिशत मात्र अनुदान रकम प्राप्त गर्ने गरेका छन् । तर कार्यविधिको सार अनुरुप नेपाली गलैंचाको मूल्य अभिवृद्धि ७० प्रतिशत भन्दा बढी हुने भएतापनि नेपाली गलैंचालाई मूल्य अभिवृद्धि न्यूनतम ३० प्रतिशत हुने वस्तुहरुसँग तुलना गरी कार्यविधिको अनुसूचि २ मा उल्लेख गरिएको छ ।
