Badikedar Khabar

डोटीमा पहिरोले धान बालिमा क्षति किसान चिन्तित

 एकेन्द्र चन्द डोटी
अविरल वर्षा सँगै आएको पहिरोले डोटीमा धान बालिमा क्षति पुर्याएको छ । जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का किसानले रोपेर ठिक्क पारेका खेतमा क्षति गरेको हो ।

jnhit

खेतमा पहिरोले क्षति पुर्याए पछि किसान चिन्तित भएका छ्न ।
बर्ष भरी खानको लागि रोपेर ठिक्क पारेको खेतमा सडक निर्माण गर्दा खेरी खेत भन्दा माथी बाट निर्माण गरेका कारण अहिले समस्या भएको किसान गणेश मल्लले बताउनु भयो । बर्ष भरी खान पुग्ने गरि रोपेको खेत तीन दिनको बर्षा सघै आएको पहिरोले बगाए पछि भोकमरी हुने हो कि भन्ने चिन्ता थपिएको उहाँले बताउनु भयो ।

मल्ल सघै अरु चार जना किसानको करिब ४० रोपनी भन्दा बढी खेतमा समेत पहिरोले क्षति गरेको छ । पहिरोले खेतीमा क्षति पुर्याय पछि निरास बनेका किसानले स्थानीय सरकारले राहतको ब्यवस्था गरिदन माग गरेका छ्न ।

यस्तै अविरल वर्षासँगै आएको हावाहुरीले बडीकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाँडामा मकै बारीमा ठूलो क्षति गरेको छ । हावाहुरीले भरखरै गोडमेल गरेर तयार गरेको मकै बारीमा ठूलो पुर्याएको हो । ‘गोडमेल गरेर भर्खरै सम्पन्न गरेको बारीमा हावाहुरीले क्षति पुर्याएको र अधिकांश मकैका बोट काम नै नलाग्ने स्थितिमा रहेका कृषक लक्ष्मण ताडीले बताउनु भयो ।
स्थानीय सरकारले क्षतिको विवरण सङ्कलन गरेर तत्काल राहत लगायत अन्य ब्यवस्था गर्न किसानले माग गरेका छ्न ।

 

sugag
याे पनि हेर्नुस्
Loading...