एकेन्द्र चन्द डोटी ,
,,,,डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदम सिंह बोहरा कृषि पेशाबाट मनग्य आम्दानी गर्दै आउनुु भएको छ । गर्छन् । वडा नं ५ दुदिला घर भएका उहाँ फलफुल र तरकारी खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न सफल भएका छन् ।
राजनीति गर्ने मानिसले अरुलाई देखाउन र आकर्षित गर्न पनि केही गर्न आवश्यक रहेको उहाँको धारणा छ । राजनिति गर्न आफू सक्षम हुनुपर्छ आफैँ व्यवसाय गरे मात्र अरुलाइ सिकाउन सकिन्छ भन्दै आफूहरुले काम नगर्ने, अरुलाई यस्तो गर उस्तो गर भनेर हुँदैन यसरी गरेमा हुन्छ भनेर देखाउनुपर्छ भन्ने अभियानमा लागेको छु तसर्थ गाउँ घरमै धेरै संभावना हुँदा हुँदै पनि युवाहरु बिदेशीनु पर्ने बबाध्यता रहेको छ । कृषिमा थुप्रै अनुदान भए पनि यसलाई सहि सदुपयोग गर्न नसकेको उहाँको तर्क छ ।
उहाँ मौसमी तथा बेमौसमी तरकारी खेती, फलफुल खेती, बाख्रापालन गरेर खर्च कटाई वार्षिक रुपमा रु ६ लाख आम्दानी गरीरहेको बताउनुभयो । बिहान–बेलुका घरमा तरकारी खेती र दिउँसो जनताका लागी वडा कार्यालय तथा अन्य जिम्मेवारीमा खटिने पनि उहाँले बताउनुु भयो । आफै कृषि प्राबिधिक समेत भएकाले काम गर्न सहज भयको पनि बताए ।

कृषकको छोरा भएकाले कृषि नै मेरो मुख्य पेशा हो । तरकारी फलफुल बेचेरै मेरो घर खर्च चलेको उहाँले बताए । तरकारी खेती सघै विभिन्न जातका बिरुवा किबि , सुुन्तला , मौसमी ,ओखर ,लगायत खेती समेत बिस्तार गरेको बताउनु भयो ।
तरकारी खेती गर्दै गर्दा प्राबिधिकको कमी हुँदा रोगको पहिचानमा समस्या हुने गरेको छ । जस्ले गर्दा उत्पादनमा कमिहुने लगायतका समस्या रहेको उहाँले बताउनु भयो
त्यस्तै डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण बहादुर जेठारा पनि सधै जसो साझ र बिहान सुन्तला खेतिमा ब्यस्त हुनुहुन्छ । बडीकेदार गाउँपालिका वडा नम्बर ४ टिमुट्टमा घर भएका वडाध्यक्ष जेठारा पछिल्लो समयमा जनताका कामकाज मा व्यस्थ भएपनि साझ विहान आफ्नो घरमा रहेको सुन्तलाको बगौचामा गोडमेल काटछाट र बगौचा ब्यवस्थापन गर्दै आउनु भएको छ । उहाले सुन्तला बिक्रि बाट एक सिजनमा करिब ७ लाख भन्दा बढी आम्दानी गर्दै आएको बताउनु भयो । सुन्तलाले अलि ढिलो फल दिने भए पनि उर्बर माटो सुन्तला सुवाउदो बाताबरण भएकाले सुन्तला खेती फस्टाउदै गएको उहाले बताउनु भयो ।
डोटीकै जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहरा पनि दिउँसो वडा कार्यालय र समाज सेवामा र साझ र बिहानको समय कृषि कर्ममै ब्यस्त देखिनु हुन्छ ।
सुन्तला फलफुल लगायत तरकारी खेती गरिरहनु भएका बोहराले गाउँपालिकाको वडा नम्बर ६ लाई कृषि हबको रुपमा बिकास गर्ने बताउनु भयो ।उहाँले बर्ष भरिमा करिब २ लाख आम्दानी गर्दै आएको बताउनु भयो उहाले वडाले कृषि लाई प्रमुख प्राथमिकतामा राखेर योजना निर्माण गर्दै आएको पनि बताउनु भयो ।
