Badikedar Khabar

भारतमा काम गरेको  दु:ख सम्झेर २३ बर्ष देखि तरकारी खेतीमा रमाउदै डोटीका मल्ल 

एकेन्द्र चन्द डोटी ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ तिलाचौरका खड्क तमल्ल आधुनिक  तरकारी खेतीमा संलग्न छन् ।

करिब ५ बर्ष  सम्म भारतमा काम गरेका मल्लले भारतमा गरेको कठिन परिश्रम र दुख सम्झेर गाउँमै मल्ल तरकारी फर्म स्थापना गरेर तरकारी खेती गर्दै आउनु भएको छ ।
भारत जानू पुर्ब गाउँमै सामान्य तरकारी खेती गर्दै आउनु भएका मल्लले पहिले गाउँघरमा तरकारी खेती कसैले पनि नगर्ने र नुन सघ खानु पर्ने पहिलेको अवस्था सम्झनु भयो । गाउँमा सामान्य मुला, फर्सी, पालङ्गो मात्र पाइन्थ्यो त्यो पनि सिदिएको दिन त नुन सघ खानु पर्थो उहाँले भन्नू भयो ।
२०५८ साल तिर तिलाचौडमा मिड नेपाल भन्ने संस्थाले काम गर्यो र उक्त सस्थाले तरकारी गर्न सिकायो र बल्ल बल्ल स्थानीयहरुले तरकारी लगाउन थालेको बताउनु भयो ।
तरकारी खेती गरेको दुई बर्ष पछि सशस्त्र द्वन्दले देशको अबस्था बिग्रिएपछि भारत गएको र त्यहाँ काम गर्दा सारै दुख खेपेको र त्यो दु :ख सम्झदै ५ बर्ष पछि स्वदेश फर्केर फेरि तरकारी खेती सुरु गरेको उहाँले बताउनु भयो ।
अहिले २३ वर्षदेखि उनले व्यावसायिकरूपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल भएका छन् । उहाले २० रोपनी जमिनमा गरेको तरकारी खेती सबै अर्गानिक गरिरहनु भएको छ उहाँले १२ प्लाष्टिक,घर,आलु,काउली,बन्दा,गोल्भेडा,भेडेखुर्सानी,पिरोसुर्सनी,भाण्टा,सिमि, मुला उप्तादन गर्नु भएको छ ।उहाले आफुले सबै तरकारी अर्गानिक उत्पादन  गरेको र उत्पादन गर्दा गोठे मल,,बाख्राको जुतो,जैबिक मल,झोलमल,गौत संकलन गरी प्रयोग
किरा नियन्त्रण मा बिभिन्न पासो को प्रयोग गरिन्छ र आइ पि एम पद्ती मार्फत ब्यवस्थापन गरिरहेको  बताउनु भयो ।
तरकारी उत्पादन बाट बार्षिक  रु ४ देखी ५ लाख सम्म  आम्दानी हुने गरेको उहाँले बताउनु भयो। व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरुप हुँदै गएको छ । तरकारी खेतीबाट आएको पैसाले घर खर्चसँगै छोराछोरीको खर्च चलाउन सहज भएको उहाले बताउनु भयो ।
शारीरिक रूपमा अशक्त भएका कारण काम गर्न केही गार्‍हो भए पनि घरमा मेडमले तरकारी खेतिमा सघाउने गरेको र धेरैकाम भए काम गर्ने मान्छे लगाउनु गरेको उहाले बताउनु भयो विभिन्न ठाउँमा आबद्ध भएर काम गर्ने अबसर आएको र  भीमदत्त उत्कृष्ट पुरस्कार पनि प्राप्त गरेको मल्लले बताउनु भयो ।
तरकारी गर्दै गर्दा खेती बालिमा बिमा कम्पनी ले बिमा नगरिदिनु, विभिन्न प्राकृति प्रकोप  असिना तुषारो पहिचान नहुने नया नया रोग र किराको समस्या,बजार सम्म धुवानी को समस्या हुने गरेको र बास्तबिक किसान को पहिचान नहुदा पनि कृषि ब्यवसाय तर्फ युबाहरुलाइ आकर्षण गर्न नसकिएको उहाँको भनाइ रहेको छ ।


आफुले सिके को प्रबिधी डोटी डडेलधुरा बाजुरा समेत गयर सिकाउन पाउदा आफ्नो ब्यबसाय प्रती सन्तुष्ट रहेको उहाले बताउनु भयो ।

 

कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनाका साथै किसानको क्षमता विकास, उत्पादन सामग्रीसँगै साना सिँचाइ निर्माण तथा मर्मतसम्भारमा सहयोेग गरिरहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थले बताउनु भयो ।

याे पनि हेर्नुस्
Loading...