Badikedar Khabar

डोटीमा व्यवसायिक रूपमा गड्यौला मल उत्पादन सुरु : कृषकहरुको आकर्षण बढ्दै

एकेन्द्र चन्द डोटी,

डोटीमा गड्यौला मल उत्पादनमा कृर्षकको आकर्षण बढ्दै गइरहेको पाइएको छ। पछिल्लो समयमा जिल्लामा  गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्न थालेको छ। कम लगानीमै उत्पादन राम्रो गर्न सकिने भएपछि कृषकहरु गड्यौला मल उत्पादनमा लागेका छन्।

कृषि ज्ञान केन्द्र डोटीले गड्यौला मल बनाउन आवश्यक सहयोग गरेपछि करिब एक बर्ष देखि गड्यौला मल र गड्यौला उत्पादन गर्दै आएको  बेलात कृषि तथा पशुपालन फर्म जोरायल गाउँपालिका ३ बरमका  सञ्चालिका तथा  कृषक आकृति कठायत (जोशीले) बताउनुभयो।

jnhit

उहाँले भन्नू भयो । अहिले ५० केजि भन्दा बढी गड्यौला र १० कुन्टल जति मत तयारी अबस्थामा छ । कम जोखिम कम खर्च राम्रो उत्पादनले गर्दा किसानको गड्यौला मल प्रती आकर्षण बढ्दै गएको उहाँले बताउनु भयो । ८ वटा खाडल बाट गड्यौला मल उत्पादन गर्दै आएको र उत्पादित मल र गड्यौला जोरायल गाउँपालिका र कृषि ज्ञान केन्द्र डोटीले समेत खरिद गर्ने बताउनु भयो ।अहिले गड्यौला र मल बझाङ, र डडेल्धुरा जिल्लामा समेत माग हुने गरेको र माग पूरा गर्न आफू सघ पर्याप्त गड्यौला मल रहेको कृषक जोशीले बताउनु भयो ।

जिल्लाको दिपायल सिलगढी नगरकालिका वडा ५ जिरो प्वाइन्टका  किसान जय शाहीले गत आर्थिक बर्षमा करिब २५ कुण्टल गड्यौलाको मल र १२ केजि गड्यौला बिक्री गरेको बताउनु भयो । समग्रमा आम्दानी पनि राम्रो नै हुन्छ गड्यौला मल उत्पादनमा वृद्धि गर्न सके पालिकाहरुले पनि खरिद  गर्न सक्ने उहाले बताउनु भयो ।   आफू सघ गाई भैंसी नभएकाले गोबर अन्यत्रबाट किनेर ल्याउनु परेको पनि उहाले बताउनु भयो । कच्चापदार्थ आफैं सघ भए गड्यौला मल उत्पादन गर्न सहज हुने बताउनु भयो ।

 

डोटी जिल्लामा अहिले ब्यवसायिक रुपमा करिब ८ जना किसानले गड्यौला मल उत्पादन गर्दै आएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताउनु भयो । पछिल्लो समय जिल्लामा गड्यौला मलको माग बढ्न थाले पछि अन्य किसानहरुलाइ पनि गड्यौला र गड्यौला मल बनाउन आवस्यक सामाग्री उपलब्ध गराएको र जिल्लामा गड्यौला मलको उत्पादनको लागि विभिन्न स्थानीय तह सघ समन्वय गरिने  बताउनु भयो ।

रसायनिक मलले माटोको गुणस्तरमा नकारात्मक असर गर्ने र समयामा नपाइने तथा अत्यधिक प्रयोगले माटोको उर्बराशक्तिमा ह्रास आउने र  महंगो हुने भएकाले  किसानहरुलाई गड्यौला मल उत्पादन तथा प्रयोगमा जोड दिइएको कृषि ज्ञान  केन्द्र डोटीले जनाएको छ ।

गड्यौला मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको बृद्धी बिकास पनि छिटो हुने गर्छ भने गँड्यौला कम्पोष्टको कार्बनः नाईट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टकोभन्दा कम हुन्छ र यसमा भएको नाईट्रोजन बिरुवालाई तुरुन्तै उपलब्ध हुने गर्छ र  खेती र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाईने हुदाँ वातावरणलाई स्वस्छ राख्न मद्धत पुग्ने गरेको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...