Badikedar Khabar

कैलालीमा कोरोना विरुद्धको खोप लगाएका दुई जनाको सङ्क्रमणबाट मृत्यु

कोरोना सङ्क्रमणबाट कैलाली दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली धनगढी उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका ५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

jnhit

७५ वर्षीय पुरुषलाई १३ गते र ९० वर्षीय पुरुषमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको उनले जानकारी दिए । उनीहरू दुवै जनाले कोरोना विरुद्धको दुवै जोड खोप लगाएको समेत श्रेष्ठले बताए । अहिले सेती अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...