प्रेम घर्तिमगर, बडीकेदार
डोटीमा तिन दिने एकिकृत जैविक खेति तथा करेसाबारी तालिम समपन्न भएको छ ।
द अर्गानिक भ्यालि प्रा .लि चरे गाउँपालिका १ शाखा कार्यालय मिलनपुर कैलालीका आयोजनामा जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैनमा सो तालिमाको आयोजना गरीएको थियो ।
सो तालिममा बडीकेदार गाउँपालिका वडान म्बर १र २बाट कृपा अर्गानिक कृषक समुह ,कस्तुरी अर्गानिक कृषक समुह र नापानि अर्गानिक कृषक समुहका ३६ जना कृषकहरुको सहभागीता रहेको तालिमका प्रशिक्षक महेश राज मिश्रले बताए ।
तालिममा आय आर्जनमा सहज होस र किसान स्वस्थ्य रहनुको साथै स्वस्थ्य बाताबरणमा रहोस भन्नकालागी तालिको आयोजना गरीएको अयोजक संस्थाले जनाएको छ ।