Badikedar Khabar

सुदूरपश्चिममा धान काट्न भ्याइनभ्याई

सरस्वती साफरी

jnhit

दशै नजिकिए सँगै सुदूरपश्चिममा धान काट्नेको चटारो लागेको छ । अघिल्ला वर्षहरु झै यस वर्ष पनि सुदूरपश्चिमा धान भित्राउन किसानहरुलाई चटारो परेको हो ।सुदूरपश्चिमका नौ जिल्ला मध्य कृषिका दृष्टिकोणले कैलाली कञ्चनपुर महत्वपुर्ण क्षेत्रका रुपमा मानिन्छ । यस वर्ष समयमानै पानी परेकाले धान उब्जनी राम्रो हुने किसानको अपेक्षा छ ।

अघिला वर्षहरुमा धान खेतीका लागी समयमा पानी नपर्दा समस्या हुने गथ्र्यो धनगढी उपमहानगरपालिका वडा न ६ की कृषक नैना महतले बताइन, यस वर्ष समयमै नै खेती लगाउदा समयमै भित्राउन पाइयो । यस वर्ष समयमै धान खेती लगाउदा अघिल्लो वर्ष भन्दा उत्पादनमा वृद्धि भएको कृर्षक जानकी बेलालले बताइन ।
सघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने प्रदेशमा आर्थिक वर्ष ०७६।७७ मा एक लाख ७४ हजार छ सय पाच हेक्टरमा धान खेती भएकोमा छ लाख ३३ हजार ८ सय ५३ मेट्रिक टन धान उत्पादन भएको उल्लेख छ । मन्त्रालयले आर्थिक वर्ष ०७७।७८ मा १ लाख ७४ हजार छ सय ८८ हेक्टरमा बर्षे धान रोपाई हुने अनुमान गरेको मा छ लाख ४२ हजार चार सय ९९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...