Badikedar Khabar

पहिलो प्रयासमै अधिकृत बने दार्चुलाका स्मारक बिष्ट

धनगढी , ४ असोज,

दार्चुला शैल्यशिखर –९ घर भएका स्मारक बिष्ट एकै पल्ट बागमती प्रदेशले लिएको अधिकृत स्तरको सातौँ तहमा नाम निकालेर लोक सेवा लडिरहेका हजारौँ परिक्षार्थीका लागि हसौलाको पात्र बन्न सफल भएका छन् ।

बिष्टले बागमती प्रदेशको प्रशासन र लेखा दुवैमा एकै पटक नाम निकालेर प्रशासन अन्तर्गत मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिफारिस भएका छन् ।

सानै देखि पढाइका साथ साथै अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि अब्बल रहेका बिष्ट आज पहिलो पटकको पहिलो प्रयासले नै ठुलो सफलता मिले पछि एकदमै खुसी भएको उनी बताउछन् ।

उनी भन्छन् “मैले कहिले पनि विदेश गएर कमाउँछु, रमाउँछु भनेर सोचिन , मेरो सानै देखिको धोको थियो सरकारी जागिरे बन्ने आज यो मेरो बचपनको सपनाले सार्थकता पाएको छ ।

मलाई यहाँ सम्म पुगाउन धेरै हातहरुको सहयोग रहेको र साथै हामी सबैले सपना देखे पछि त्यसलाई निरन्तर पछ्याइ राखे सफलता जो कसैलाई पनि मिल्ने उनी बताउँछन्” ।

उसो त अधिकृत स्मारकका बुवा पनि सातौँ तह अधिकृत नै हुन । स्मारकका बुवा सुरेन्द्र सिंह बिष्ट शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन । यसैले पनि स्मारकलाई अधिकृत बन्न अरुको जस्तो ठुलो समस्या त आएन तर पनि अधिकृतका छोरा अधिकृत नै बने त्यो पनि एकै पटकमा यो हामी सबैले सिक्न मिल्ने ठुलो पाठ हो ।

अर्को कुरा स्मारकले विदेश जान चाहेकै थिए भने उनी जान नसक्ने पनि थिएन्न तर बचपन देखिको यो देशमा केही गर्नु पर्छ भन्ने उनको बलियो भवानले उनलाई अझ छिटो सफलता दिलाएको देखिन्छ

याे पनि हेर्नुस्
Loading...