एकेन्द्र चन्द
डोटी,,काउली खेतिबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् ।
विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा काउली हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आर्कसित बन्दै गएका छन ।
जिल्लाको के आई सिँह गाउँपालिका–४ किसान शिवराज धामीले २ रोपनी क्षेत्रफलमा काउली खेती गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै गत वर्ष रु दुुई लाख ५० हजार आम्दानी गरेका छन । यस बर्ष पनि बारीमा करीव ४ लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताउनुभयो । गोठेमलको प्रयोग गर्दै बिषादी युक्त काउली उत्पादन गर्दै आएको र ब्यापारी हरु घरमै आएर काउली खरिद गर्दै आएका छ्न । उहाँले भन्नुभयो घर खर्च चलाउन मुस्किल छैन बिदेश पनि जानू परेको छैन । गरे पछि आफ्नै देशमा पनि मेहन गर्यो भने त्यति धेरै गाह्रो नहुने बताउनु भयो ।
जिल्लाको के आई सिह गाउँपालिका–४का अर्का किसान डिल बहादुुर बुढामगरले २ रोपनी जमिनमा लगाउनुभएको काउली बेचन तयार भईसकेको छ । उहाँले गत बर्ष १ रोपनिमा लगाएको काउलाी बाट करीव एक लाख आम्दानि गरेको बताउनुु भयो । यस बर्ष पनि बारीमा लगभग २ लाख बराबारको काउली तयार भएको मगरले बताउनुु भयो ।
परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा काउली खेति सगै तरकारी खेती गर्न थालेको के आई सिहँ गाउँपालिका अध्यक्षय लोकेन्द्र बहादुुर शाहीले बताउनुु भयो । साथै पालिकाले पनि किसानलाई सहज होस भन्नका लागी उत्पादन क्षेत्रबाट मुुख्य सडक सम्म लौजाना किसानलाइ पालिकाले सहयोग गरेको अध्यक्षय शाहीले बताउनुु भयो ।
काउली उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको के आई सिँह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल बताउनुहुन्छ । ग्रिनकोरोनेट जातको हिउँदे र बर्खे बालीका रूपमा काउली खेती गरी गाउँपालिकाका प्रत्येक किसानले बार्षिक रुपमा ६ लाखभन्दा बढी आम्दानी गरेका छन् । उहाँले भन्नुु भयो गर्त बर्ष एक हजार २सय कुन्टल उत्पादन भएको काउली यस बर्ष बढेर एक हजार ५ सय कुन्टल उत्पादन अनुुमान गरीएको कृषि शाखा प्रमुख रावलले बताउनुु भयो ।
जिल्लामा पछिल्लो समय काउली खेती गर्ने किसान निकै बढेकाले किसानलाई समयमै बीउ बिजन , मल , कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी उपलब्ध गराउन पहल गरिने कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो ।
जिल्लाको सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिका र के आई सिहँ गाउँपालिका लाई काउली पकेटको रूपमा छनोट गरी काउली खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।