Badikedar Khabar

बडिकेदारका साउद एनपिएल क्रीकेटमा  सुदूरपश्चिम रोयल्समा

jnhit

एकेन्द्र चन्द डोटी  ,,नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा नरेन साउदले  सुदूरपश्चिम रोयल्स बाट खेल्ने भएका छन ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा नरेन साउदलाइ  सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा खरिद गरेको हो ।
डोटी जिल्लाको दुर्गम क्षेत्र मानिने जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको वडा नम्बर ३ घाङगल  ओखलढुंगामा जन्मनु भएका नरेन साउद सुदुर पश्चिम प्रदेशको टोलिको प्रतिनिधित्व गर्दै क्रीकेट खेल खेल्दै आएका छ्न ।
सुदुर पश्चिम प्रदेशको बिकट क्षेत्रमा जन्मिएका साउदले सानै छ्दा देखि कडा मेहनत गरेका थिए । सानै उमेरमा बुवा गुमाएका साउदका आमा शिक्षिका रहनुभएको थियो। छोरालाई राम्रो पढाउने आमाको इच्छा हुदाहुदै पनि नरेनको  क्रीकेट खेल प्रतिको लगाबले उनलाई रोक्न सकेन । कयौं आर्थिक अभाबका बिच पनि  अहिले नरेन डोटीको दुर्गम क्षेत्रमा जन्मियका भए पनि क्रीकेट मा आफ्नो उचाई बढाइ रहेका छ्न ।
नरेनको हालको बसाई धनगढी रहेको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...