Badikedar Khabar

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

डोटीको बोगटानफुड्सिल गाउँपालिकाको चवारा चौतारमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर–७ को आर्थिक वर्ष २०८०र०८१ को कार्य प्रगतिसहितको प्रतिबेदन सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा संघिय सरकार ,प्रदेश सरकार र गाउँपालिका कार्यालयले वडामा गरेको अघिल्लो आर्थिक वर्षमा गरेका कार्य प्रगति प्रस्तुत गरेको थियो ।
वडा अध्यक्ष चन्द्रमान सुनारले हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा ग्रामिण सडक स्तरोन्नति संगै सरसफाई हुनु पर्ने ,लक्षित बर्गको लागि बजेट विनियोजन हुनु पर्ने,कृषि समूह गठन गरी बजेट व्यवस्थापन हुनुपर्ने , शिक्षा , स्वास्थ्य , खानेपानि ,लगायतका विषयमा छलफल भएको थियो ।

सार्वजनिक सुनुवाइका प्रमुख जबाफदेही वक्ता वडा अध्यक्ष चन्द्रमान सुनारले आफूले पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको समस्या समयमै सम्बोधन गर्न नसके पनि आफ्नो कार्यकाल भित्रै वडाको  विकाशका लागी भरपुर प्रयास रहने बताए ।

सो कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागीतारहेको थियो ।

याे पनि हेर्नुस्
Loading...