Badikedar Khabar

एमालेमा वरिष्ठ उपाध्यक्ष पद थपियो, पदाधिकारीको संख्या १५, प्रत्यक्ष प्रधानमन्त्रीका पक्षमा मत

नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद थप्दै पदाधिकारीको संख्या १५ पुर्‍याउने निर्णय गरिएको छ ।ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा समूहगत छलफलबाट आएका सुझाव समेट्दै वरिष्ठ उपाध्यक्ष पद थपिएको हो ।

jnhit

पौडेलले पेश गरेको संशोधन प्रस्तावमा उपमहासचिव पद पनि राखिएको थिएन । तर समूह छलफलले उक्त पद पनि राख्न भनेको छ ।समूहगत छलफलमा उठेका विषयको जवाफ दिँदै पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पदसहित पदाधिकारी संख्या १५ हुने जानकारी दिनुभयो । पहिले दुई उपमहासचिव पद रहेकामा अब भने एक जना मात्र रहने छ ।

अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने छ । समूहगत छलफलमा विशेष महाधिवेशनमा कोषाध्यक्ष राख्न माग भए पनि उक्त पद नराखिने भएको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...