डोटी, नेकपा (माओवादी केन्द्र) बडीकेदार गाउँ संगठन समितिको दोस्रो सम्मेलन बाट गाउँपालिका कमेटी अध्यक्षमा करी मन्नी सर्वसम्मत चयन हुनुभएको छ।
त्यस्तै उपाध्यक्षमा टेक बोहरा, उपाध्यक्षमै मान ब रोका मगर,, उपाध्यक्षमै उपेन्द्र बोहरा सचिवमा बल बहादुर बुढा सह सचिवमा प्रेम घर्ती मगर र कोषाध्यक्षमा देवीसरा देवी घर्ती मगर लगायत ४५ जनाको समिति चयन गर्दै बडीकेदार गाउँ संगठन समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्ट प्रदेश सभा सदस्य शिवसिंह ओली लगायतको सहभागिता रहेको थियो।