Badikedar Khabar

राजकुमार लेखी एमालेमा प्रवेश

 नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराउनु भएको हो ।

jnhit

लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडनु भएको थियो । त्यसपछि उहाँ मधेशवादी विभिन्न दलहरुमा आवद्ध हुनु भएको थियो ।कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गर्नु भएको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...