नेपाली काँग्रेस शिखर नगरपालिकाको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ ।
असोज एक्काइस गते नगर कार्यसमितिको कार्यालय स्थापना तथा उद्घाटन र सोही दिन दशै तिहारको सुभकामना आदानप्रदान कार्यक्रम राख्ने निर्णय गरेको नेपाली काँग्रेस शिखर नगर कार्यसमितिका सचिव अर्जुन कुमार वलायरले वताए । त्यसैगरी वैठकले समितिको कोषाध्यक्षमा हिरा देवी नाथलाई मनोनयन गरेको छ ।
उनी शिखर नगरपालिका वडा नं दशवाट प्रतिनिध्वत्व गर्दछिन । त्यसैगरी शिखर नगरपालिकाका सवै वडावाट प्रतिनिधित्व हुनेगरी ब्राह सदस्यीय कार्यसम्पादन कार्यदल गठन गरेको छ । समितिको वैठकले पार्टीको आचार संहिता पालना गर्ने उदेश्यले एक कार्यदल गठन गरेको छ ।

त्यसैगरी वैठकले कार्यसमितिका सभापती हर्कबहादुर वोगटीको संयोजकत्वमा भवन निर्माण कार्यदल समेत गठन गरेको सचिव वलायरले वताए ।
वैठकमा नेपाली काँग्रेसका क्षेत्रिय सभापती एवं शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले नेपाली काँग्रेसका हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार र वफादार वन्न सक्नु पर्ने वताए । देशमा कम्युनिष्टको वारेमा सवैले थाह पाइसकेको वताउदै सभापती जोशीले भने,- ‘ काँग्रेसले कुनै पनि ठाउमा कमि कमजोरि नगरी पार्टीका हरेक तहका संगठन विस्तारमा लाग्नु पर्दछ ।’ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता एक जुट भएर पार्टीको हरेक अभियानमा लागेमा कसैले नेपाली काँग्रेसलाई जित्न नसक्ने उनले वताए ।
त्यसैगरी नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य टीका फुलाराले नेपाली काँग्रेसका हरेक कार्यकर्ता क्षमतावान रहेको वताउदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल पार्ने वताए । वैठकमा नेपाल महिला संघ क्षेत्रिय सभापती एवं शिखर नगरपालिका डोटीका उप प्रमुख धौली देवी रावलले पार्टीका कार्यकर्ता आ आफ्नो ठाउमा निरन्तर लागिरहे अवको स्थानिय चुवमा नगरपालिका भरी काँग्रेसको पुरै वडामा उदय हुने वताइन । वैठक नेपाली काँग्रेस शिखर नगरपालिका डोटीका सभापती हर्कबहादुर वोगटीको सभापतित्वमा वसेको थियो । साथै न्युजमा क्षेत्रिय प्रतिनिधि वडा सभापती, जनप्रतिनिधि, नगर कार्यसमिति संग लेवी उठाउने पनि निर्णय गरेको छ ।
