धनगढी,१९ माघ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छिन् । शनिबार फोनिज प्रदेश कार्यसमितिको तेस्रो महाधिवेशनले उन्नतीलाई नेतृत्वमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बन्वारी राना (सौरभ) महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन ।
यस्तै सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन भएका छन ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शनिबार नै फोनिज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद् तथा गोपनियताको शपथ ग्रहण गराएका छन