डोटीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।
जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ का बाजी भुलको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आईतबार बिहान करीब ९.३० बजेको समयमा खाना पकाउने क्रममा आगलागी हुदाँ आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी २ लाख ५ ०हजार बरारको क्षति भएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि प्रहरी र स्थानीयले प्रयास गरिहरेका छन।