Badikedar Khabar

प्रहरी दिवसका अवसरमा ‘तपाईको मास्क खै ?’ अभियान

कैलालीमा पनि ६६औँ प्रहरी दिवस २०७८ मनाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सो अवसरमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी ‘तपाईको मास्क खै रु’ अभियानलाई पनि निरन्तरता दिएको छ।

jnhit

प्रहरी दिवसको अवसरमा आइतबार विहान ट्राफिक चौराहादेखि पार्कमोडसम्म र्‍याली निकालिएको थियो। ‘तपाईको माक्स खै रु’, ‘मास्क लगाऔँ, आफु बचौँ अरुलाई पनि बचाऔँ ’ जस्ता सचेतनामूलक प्लेकार्डसहित र्‍यालीको आयोजना गरिएको हो।

 

थाहा पाउँदा पाउँदै पनि सुरक्षाका मापदण्ड न अपनाइरहेका नागरिकहरुलाई निरन्तर रुपमा झकझकाइरहनु पर्ने तथा सचेतना दिनुपर्ने भएकाले सो अभियान चलाइएको प्रहरी नायव महानिरीक्षक पुरुसोत्तम कँडेलले बताए। सोही अवसरमा कैलालीमा पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

sugag
याे पनि हेर्नुस्
Loading...