Badikedar Khabar

डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जोरायल गाउँपालिका लाई

विपिनगर: डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ।
डोटीका नौ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा जोरायल गाउँपालिकाले १७ स्वर्ण, १८ रजत र ९ कास्य गरी कुल ४४ पदक सहित प्रथम उपाधी उचालेको हो । त्यसैगरी दिपायल सिलगढी नगरपालिकाले १० स्वर्ण, ३ रजत र १२ कास्य गरी २५ पदक सहित दोस्रो स्थान ओगटेको छ भने शिखर नगरपालिकाले ७ स्वर्ण, ७ रजत र ५ कास्य सहित जम्मा १९ पदक जितेको छ ।

त्यस्तै आदर्श गाउँपालिकाले ७ स्वर्ण, २ रजत र ४ कास्य गरी १३ पदक, बडिकेदार गाउँपालिकाले ४ स्वर्ण, १४ रजत र ९ कास्य गरी २७ पदक, के.आई.सिंह गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी १५ पदक हात पार्न सफल भएका छन् ।

jnhit

त्यसैगरी बोगटान फुडसिल गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक, पूर्वीचौकी गाउँपालिकाले १ स्वर्ण र ४ कास्य गरी ५ पदक र सायल गाउँपालिकाले १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गर्न सफल भएका छन् ।

बडिकेदार गाउँपालिका–१, बिपिनगरस्थित केदार सूर्य बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कूल ५४ स्वर्ण, ५३ रजत र ५१ कास्य पदक रहेको जनाइएको छ।
सिमित श्रोत र साधन बिच पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्म गर्न सहयोग गर्ने सम्पुर्ण लाइ धन्यवाद दिदै आगामी दिनमा बिपिनगरमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजनाको लागि पहल गर्ने जिल्ला खेलकुद समिति डोटीका अध्यक्ष प्रकाश शाहीले बताउनु भयो ।

डोटी जिल्ला खेलकुद समितिको आयोजनामा फागुन १७ देखि संचालन भएको उक्त प्रतियोगिता आज २० गते मंगलबार सम्पन्न भएको हो ।

sugag
याे पनि हेर्नुस्
Loading...