डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ उजेली बस्ने ३८ वर्षीय मान बहादुर कुवर पक्राउ परेका हुन्।
घरमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक छ । भन्ने गोप्य सूचनाको प्रहरी चौकी तिलतालीका प्रहरी नायब निरीक्षक भुवन सिंह बोहराको समूहमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २:३०बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले जानकारी दिएका छन्।
