Badikedar Khabar

चट्याङ लागेर एकको मृत्यु ७ जना घाइते

,चैत – चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु ७ जना घाइते भएका छन ।

jnhit

बुुधबार राति जिल्लाको सायल गाउँपालिका वडा नम्बर ६मा दल्लेखका लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी अन्दाजि ३२बर्षकि श्रीमती कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

चट्याङ पर्दा घाईते हुुनेमा सायल गाउँपालिका वडा नम्बर ६दल्लेख बस्ने लहरी नागरीको छोरी बर्ष १० कि तारा नागरी , निज लहरी नागरीको छोरा बर्ष ८को अविशेक नागरीक , निजकै छोरा बर्ष ६को अबि नागरीक,निजकै छोरा तिन महिनाको शंकर नागरीक र सोहि ठाउँमा बस्ने नबराज नागरीको श्रीमति बर्ष ४०कि तारा नागरी,बर्ष ८० कि काली नागरी र भिम नागरीकि छोरी बर्ष ६ खुसि नागरी  रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।

उपचारका लागी जिल्ला अस्पताल डोटीमा लौजान पहल भईरहेको पनि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक शर्माले बताउनु भयो ।

 

sugag
याे पनि हेर्नुस्
Loading...