Badikedar Khabar

कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको हो ।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए । बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।

jnhit

नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १(१ विकेट लिए ।पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, सिरिजको दोस्रो खेलमा बुधवार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो ।

यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् ।

लोकान्तर बाट साभार

sugag
याे पनि हेर्नुस्
Loading...