
बडीकेदार बैशाख ५ गते, डोटीमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैन बस्ने तपन सार्किको छोरा अन्दाजि वर्ष २४ को नरेश सार्किको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले बताउनु भयो ।
बिहिबार दिउसो बडीकेदार गाउँपालिका १ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका १ रजेडका बर्ष ४८का कमल सिँह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेश सार्किको दायाँ छातिमा गोली लागी घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
घटनामा संलग्न गरेका बडीकेदार गाउँपालिका १ रजेडाका बर्ष ४८ का कमल सिँह खड्का, सोही स्थानका बर्ष २६ का खेम खड्का , बर्ष ५२ का तारा सिँह खड्का बडीकेदार गायँपालिका २ बर्छैन बस्ने बर्ष ३९ का तेजेन्द्र भाट सोही स्थानका बर्ष ४० का अम्मर शाह, बर्ष ३१ का चक्र भाट , बर्ष १८ का सुनील बम , बर्ष ३७ का गणेश घर्तिमगर , बर्ष ७१ का मान बहादुर शाह र बडीकेदार २ गर्भुजा बस्ने बर्ष २६ का जुलेश नामजाली मगर लाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।
