Badikedar Khabar

वडा कार्यालय भवनको उद्घाटन

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर –१ को वडा कार्यालय भवनको सुदुरपश्चिम प्रदेशका अर्थ राज्य मन्त्री प्रकाश बहादुर बलमे उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै राज्य मन्त्री बलमे संघियताले गाउँगाउँमा करोडौंका भौतिक पूर्वाधार निर्माण मात्र नभइ बिकास निर्माणको बजेट समेत गाउँमा आएको बताउनु भयो । ‘ आफ्नै नीति, कार्यक्रम र बजेटले बिकास गर्न पाइएको छ’ उहाँले भन्नु भयो , ‘बिकासले निरन्तर गति लिएको छ, अझै व्यवस्थित बिकास गर्न आवस्यक छ ।’ बडिकेदार गाउँपालिका वडा नम्बर –१को आफ्नै भब्य प्रशासकीय भवन बनाएर काम गर्दा वडा बासीको समते गर्व बढेको बताउनु भयो ।

 

jnhit

बडिकेदार गाउँपालिका वडा नं. १को वडा भवन बडीकेदार गाउँपालिका वडा नम्बर केशर सि बोहराले दिएको ३ रोपनी ६आना जमिनमा वडाकार्यलयको वडा भवन बनेको हो ।
वडा कार्यालय भवन बडीकेदार गाउँपालिकाको ५२लाख ८४हजार ९सय ५०रुपियाँको लागतमा मष्टा विल्ड्स धनगढीले निर्माण गरिएको वडाध्यक्ष डबल बहादुर बोहराले जानकारी दिनुभयो । यस्तै, वडा कार्यालयले वडा कार्यालय निमार्ण गर्नकालागी जग्गा दातालाई सम्मान गरेको छ । साथै वडाकार्यलय नहुदाँ पनि भाडाको घरमा बसेर पनि वडावासीलाई आफ्नो बलबुताले भ्याएसम्म सेवा दिएको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिका का अध्यक्ष भैरव बहादुर साउद वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन गाउँपालिकाले हर तरहले कोशिश गरेको बताए। आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासीले राम्रो सेवा पाउने उहाँले बताउनुु भयो वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

उद्धघाटन समारोहमा बडीकेदार गाउँपालिका,उपाध्यक्ष डम्बरी विष्ट कलेल बडीकेदार गाउँपालिका निवर्तमान अध्यक्ष कृष्ण बहादुर चन्द जिल्ला समन्वय समिति सदस्य ठम्कर बोहरले बोल्नुभयो ।

sugag
याे पनि हेर्नुस्
Loading...