Badikedar Khabar

डोटीमा हाईस दुर्घटना एक को मृत्यु ६ जना घाइते

 एकेन्द्र चन्द
डोटीमा (इभि) हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

jnhit

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोला स्थित भीमदत्त राजमार्गमा कैलालीको धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको वर्ष २४ का अशोक बमले चलाएको सु .प. प्र ०२००१ ज.०५६७ नम्बरको (इभि) हाइस गए राती साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट ५०–६० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाईते मध्ये एक जनाको मृत्युु भएको भएको छ। मृत्युु हुनेमा बर्ष ४५का हर्क बहादुर नेगीको माया मेटो अस्पताल धनगढी कैलालीमा पुुर्याई डाक्टरलले चेकजाज गर्दा मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो । घाइते लाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको पनी जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शर्माले बताउनु भयो ।

घाइते हुनेमा जिल्ला बैतडी डिलासैनी गाउँपालिका– ४ का २७ वर्षीय धीरेन्द्र नेगि ,४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना नेगि, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...