एकेन्द्र चन्द
२२,वैशाख –डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको ठूलाकेदार धाममा आज बाट लिङ्गपुराण महायज्ञ शुरु भएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा –५मा रहेको सुदुरपश्चिम प्रदेशकै एक महत्वपूर्ण प्राकृतिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धार्मिक शक्तिपीठमा आज बाट शुरु भएको लिङ्गपुराण महायज्ञ बैशाख २८ गते सम्म संचालन गरीने महायज्ञ मुल समारोह समितीले जनाएको छ ।

कोरोना कालमा ठुलाकेदार धाम संग आस्था राख्ने सबै क्षेत्रमा मानबिय क्षती नहोस भनी ठुला केदार प्रती आस्थावान सम्पुर्ण स्थानियहरुको भाकल भएकाले ठुलाकेदार धाममा “सिबलिङ्गपुराण महायज्ञ संचालन गरिएको महायज्ञ मुल समारोह समितीका अध्यक्ष प्रकाश बोहराले बताउनु भयो ।
ठुला केदार धाममा संचाला हुने लिङ्गपुराण महायज्ञमा सरिक भईदिन सम्पूर्ण श्रद्धालु भक्तजन, धार्मिक गुरु, साधु सन्त, ठुला केदारप्रति आस्थावान तथा चितपरिचित सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुमा हार्दिक आमन्त्रण गरीएको बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटीका कार्यकारी अधिकृत तथा लिङ्गपुराण महायज्ञ मुल समारोह समितीका सचिव दिपेन्द्र राज सिराडीले बताउनु भयो ।
जिल्लाको दक्षिणी लेकको मध्यमा पर्ने ठुलाकेदार धाममा धार्मिक पर्यटकीय गन्तव्यको रोजाइमा पर्न थालेको भए पनि थप राष्ट्रिय स्तरबाट प्रचारप्रसार नहुदा अझै पनि ओझेलमा परेको स्थानीय राम बहादुर बोहराले बताउनु ।
श्रद्धा र मनोकामना बोकेर बर्सेनि भारत र तराईका जिल्लाबाट तीर्थालुहरू बडीकेदार पुग्ने गरेका छ्न। बडीकेदार धाममा फागुनमा पर्ने महाशिवरात्रि र कात्तिकको बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड लाग्ने गरेको छ ।
