Badikedar Khabar

डोटी को केआईसिंह गाउँपालिकाको केन्द्र वायललाई वाईफाई क्षेत्र बनाईने

jnhit

केआईसिह गाउँपालिकाको वडा नम्बर ४ वायल दुर्गामाण्डौलाई नमुना वाईफाइ हटस्पट क्षेत्र बनाईने भएको छ । जसको लागि ईडीसी र वडा कार्यालय बिच असोज १७ गते सम्झौता भएको छ । केआईसिह स्मार्ट पालिका एप संचालनमा सहयोग पुर्याउन र नागरिकलाई इन्टरनेटको माध्यमबाट सहजरुपमा एप संचालन र पालिकाको सूचना तथा सेवा सुविधा र सार्वजनिक सूचनामा आम नागरिकको सहज पहुँच बृद्धि गराउने उद्धेश्यले गाउँपालिकाको समन्वयमा वडा कार्यालय र डिसीएको साझेदार संस्था सम विकास केन्द्रको सहकार्यमा उक्त सम्झौता सम्पन्न भएको हो ।

sugag
याे पनि हेर्नुस्
Loading...