बडीकेदार-डोटीको बडीकेदार गाउँपालिकामा रहेको ठुलाकेदार धाममा संचालन भईरहेको लिङ्गपुराण महायज्ञमा बडीकेदार गाउँपालिका वडा नम्बर १ विपि नगर निवासी पदम राज जोशी दम्पतिले १ लाख १ हजार १ सय ११रकम बराबारको चेक माफत सहयोग गरेका छन ।
डोटी जिल्ला बाट नेपालि कांग्रेस बाट महाधिबेशन प्रतिनिधि रहेका जोशी दम्पतिले सुदुरपश्चिम प्रदेश कै एक महत्वपूर्ण प्राकृतिक तथा अलौकिक शक्तिले सु(प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ ठुला केदार स्थलमा मिति २०८२ बैशाख २२ गते देखि २८ गते सम्म संचालन भईरहेको लिङ्गपुराण महायज्ञको अबसरमा ठुलाकेदार धाममा पुगेर सो रकम सहयोग गर्नु भएको हो ।

ठुुलाकेदार धाममा संचालन भइरहेको लिङ्गपुराण महायज्ञ लाई सफल बनाउन सबै यस क्षेत्रका नागरीक तथा भक्तजनबाट सहयोग भईरहेको बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताउनु भयो । साथै सहयोगी दाता मध्ये हाल सम्म सबै भन्दा बढी सहयोग गर्ने डोटी जिल्ला बाट नेपालि कांग्रेस बाट महाधिबेशन प्रतिनिधि पदम राज जोशी दम्पति रहेको पनि बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटी कार्यकारी अधिकृत सिराडीले बताउनु भयो।
ठुला केदार बिकासकालागी सदैब लागीरहेको बडीकेदार गाउँपालिका वडा नम्बर १ विपि नगर निवासी तथा डोटी जिल्ला नेपालि कांग्रेस बाट महाधिबेशन प्रतिनिधि पदम राज जोशीले बताउनुु भयो । यो भन्दा पहिले पनि उहाँले ठुलाकेदार धाम शक्तिपीठ गाथ स्थलमा च्यानल सहितको गेट निर्माण गरीएको पनि बताउनुभयो ।
