Badikedar Khabar

प्रतिनिधि सभा सदस्य प्रेम आलेले द्वारा ठुलाकेदार धाममा लिङ्ग पुराण महायज्ञमा आर्थिक सहयोग

बडिकेदार
डोटीको बडीकेदार गाउँपालिकामा रहेको बडिकेदार (ठुला केदार) धाम शक्तिपीठमा संचालन भईरहेको “लिङ्गपुराण महायज्ञ” मा डोटी जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकार का पुर्वमन्त्री प्रेम बहादुर आले मगरले सबै भन्दा १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम चेक माफत सहयोग गर्नुभएको छ।

डोटी जिल्ला बाट ने.क.पा एकीकृत समाजबादी बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका आलेले सुदुरपश्चिम प्रदेश कै एक महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु-प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा मिति २०८२ बैशाख २२ गते देखि २८ गते सम्म संचालन भईरहेको लिङ्गपुराण महायज्ञ मुल आयोजक समितिका सचिब तथा बडिकेदार क्षेत्र पर्यटन बिकास तथा ब्यबस्थापन समिती, डोटी का कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडी लाई फोन मार्फत सो रकम बराबर को चेक दिने घोषणा गर्नु भएको हो ।

jnhit

ठुुलाकेदार धाममा संचालन भइरहेको लिङ्गपुराण महायज्ञ लाई सफल बनाउन सबै यस क्षेत्रका नागरीक तथा भक्तजनबाट सहयोग भईरहेको बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताउनु भयो ।

साथै सहयोगी दाता मध्ये हाल सम्म सबै भन्दा बढी सहयोग गर्ने डोटी जिल्ला बाट निर्वाचित माननीय पुर्व मन्त्री प्रेम आले रहेको पनि बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटी कार्यकारी अधिकृत सिराडीले बताउनु भयो। यो भन्दा अगाडि नेपाली काङ्ग्रेसका केन्द्रिय महासमिति सदस्य पदम राज जोशिले १लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरि प्रथम चन्दा दाता रहेका थिए।

ठुला केदार बिकासकालागी सदैव लागिरहेको माननीय पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रेम आलेले बताउनुु भयो । यो भन्दा पहिले पनि उहाँले ठुलाकेदार धाम शक्तिपीठ बिकाशको लागि बहुबर्षे योजना अन्तरगत संस्कृती,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय बाट ९ करोड बजेट बिनियोजन गरीएको पनि बताउनुभयो । उक्त बजेटबाट अहिले बडिकेदार धाममा बिकासले मुहार फेरिएको लिङ्ग पुराण महायज्ञ मुल आयोजक समिति का अध्यक्ष प्रकाश बोहराले बताउनुभयो।

बडिकेदार मा रहेकाे ठुलाकेदार धामा उहाँको पहलबाट ठुला केदारमा शिवमुर्ती, फ्ल्याक स्टोन सहितका सिडी, रेलिङ्ग, प्रतिक्षालय, खानेपानी, शौचालय जस्ता थुप्रै काम भएको अत्तरकाडा बजारका सफल व्यापारी बिमल बोहराले बताउनु भयो।

sugag
याे पनि हेर्नुस्
Loading...