Badikedar Khabar

गायक अमर लामाको निधन

बडीकेदार  ,गायक अमर लामाको निधन भएको छ ।

jnhit

डोटीको बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो ।

संगितकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामा बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए । उनलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौं लगिएको थियो ।

सोमबार राति उनको उपचारकै क्रममा निधन भएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीका अनुसार लामाले सुदूरपश्चिमको कला, संगीत र संस्कृतिमा ठुलो योगदान पुगाएको बताए । ‘लामाको योगदान अविस्मरणीय छ,’ उनले भने ।डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावतले लामाको निधनले सुदूरपश्चिमको संगीत क्षेत्रमा ठुलो क्षति पुगेको बताए ।

sugag
याे पनि हेर्नुस्
Loading...