Badikedar Khabar

डोटीको बडिकेदार धाममा लागेको लिङ्गपुराण महायज्ञमा १६ लाख रकम  सङ्कलन

डोटी : डोटीमा पहिलो पटक  संचालन भएको सिबलिङ्गपुराण महायज्ञमा करिब १६ लाख ५८ हजार २९० रुपैयाँ चन्दा सङ्कलन भएको छ ।

jnhit

महायज्ञ मुल समारोह समितीले आज सार्बजनिक सुनुवाइ गर्दै उक्त  रकम संकलन भएको जानकारी दिएको छ ।
बडिकेदार गाउँपालिका वडा नम्बर ५ का स्थानीय , विभिन्न चन्दादाता ,भारत लगायत अन्य  ठाँउमा कामको सिलसिलामा पुग्नु भएका विभिन्न ब्यक्तित्वहरुले चन्दा सहयोग गर्नु भएको थियो ।

सङ्कलित रकममध्ये ब्राह्मणलाई दक्षिणा लगायत अन्य व्यवस्थापन खर्च गरि ९ लाख ४४ हजार  १६६ रुपैयाँ खर्च भएको र ७ लाख १४ हजार २४ रुपैयाँ बचत रहेको
बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडिले बताउनु भयो ।
गत बैशाख २२ गते देखि २८ गते सम्म संचालन भएको सिबलिङ्गपुराण महायज्ञमा ६ हजार भन्दा बढी भक्तजन दर्शन गर्न पुगेका महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
सिबलिङ्गपुराण महायज्ञ कोरोना कालमा केदारले सबैको रक्षा गरोस् भन्ने उधेश्यले सिबलिङ्गपुराण महायज्ञ आयोजना गरेको हो र यसले बडिकेदार धामको बिकासमा थप टेवा पुग्ने बिश्वास लिएको लिएको छ

जिल्लाको दक्षिणी लेकको मध्यमा पर्ने बडीकेदार धाम धार्मिक पर्यटकीय गन्तव्यको रोजाइमा पर्न थालेको भए पनि थप राष्ट्रिय स्तरबाट प्रचारप्रसार नहुदा अझै पनि ओझेलमा परेको स्थानीय प्रकाश धामिले  बताउनु भयो
बडीकेदार धाममा फागुनमा पर्ने महाशिवरात्रि र कात्तिकको बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड लाग्ने गरेको छ  ।

sugag
याे पनि हेर्नुस्
Loading...