Badikedar Khabar

रास्वपा बडिकेदार -१ को सभापतिमा बोहरा

डोटी , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिबेशन बाट बडिकेदार गाउँपालिका वडा नम्बर -१ रिसेडीको वडा सभापतिमा गणेश बहादुर बोहरा निर्वाचित भएका छ्न।

jnhit

त्यस्तै समितीको उपसभापतिमा हरिभान बोहरा सचिव नेत्र भट्ट सदस्यहरु लाल बहादुर बोहरा, धन बहादुर बुढा मगर, टोप बहादुर बोहरा, गोपाल  बहादुर मौनि, रिमा बोहरा र प्रदिप बोहरा निर्वाचित भएका छ्न ।

समाज सेवा गर्ने र समाजलाई सही दिशा सहित सहि मार्गदर्शन गर्ने युवा नेतृत्वको आवश्यकता रहेको र आफ्नो देशमा केही गर्नुपर्छ भन्ने भिजन भएको दक्ष ब्यक्ति ले नेतृत्व गर्दा बडिकेदार गाउँपालिकाको देव भुमि लाई कायापलट गर्ने सकिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बडिकेदार गाउँपालिकाका सभापति विशाल ताडिले बताए ।

परिवर्तन आफुबाटै गरौ हाम्रो ठाउँ हामिले बनाउनु पर्छ भन्ने उद्देश्यले बडिकेदार गाउँपालिकाको ५ वटै वडामा आउदो मंसिर महिना भित्र अधिबेशन सक्ने गरि तयारी गरिरहेको सभापति ताडिले बताए ।
कार्यक्रम सुदुरपश्चिम  प्रदेश उपसभापति नरेन्द्र खड्का र डोटी जिल्ला संयोजक केसब बलायरको समेत  सहभागिता रहेकोे थियो । भने कार्यक्रममा विभिन्न पार्टी परित्याग १० जना रास्वपा प्रवेश गरेका थिए ।

sugag
याे पनि हेर्नुस्
Loading...