Badikedar Khabar

मेलघडी आधारभुत बिधालय अतरकाँडाका बिद्यार्थीको स्वास्थ जाँच

एकेन्द्र चन्द डोटी , डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर – ५ अतरकाँडामा रहेको मेलघडी आधारभुत बिधालयका बिद्यार्थीहरुको स्वास्थ जाँच गरिएको छ ।
बिधालयको आयोजना र बडिकेदार गाउँपालिका स्वास्थ्य शाखाको  सहयोगमा स्वास्थ जाँच गरिएको हो ।

jnhit

बिधालयका ४० जना बिद्यार्थीको स्वास्थ्य जाँच गर्दा चिकेन पक्स , लुतो लगायतका समस्या देखा परेको स्वास्थ शाखाले जानकारी दिएको छ ।

बिधालयका करिब १७० जना विद्यार्थीको स्वास्थ्य जाँच तथा समस्या समाधान सम्बन्धी सचेतना कार्यक्रम गरिएको र बिद्यार्थीमा त्यति धेरै समस्या नरहेको मेलघडि आधारभुत बिधालयका प्रधानाध्यापक राम बहादुर बोहराले बताउनु भयो ।

साथै बिधालय आएर विद्यार्थीको स्वास्थ जाँच गरेर सहयोग गरेकोमा प्रधानाध्यापक स्वास्थ्यकर्मी को टिमलाई धन्यवाद समेत दिनुभएको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...