
एकेन्द्र चन्द डोटी : कानको समस्या भएका नागरिकको लागि डोटीको बडिकेदार गाउँपालिकाले स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा को आयोजना र इम्पयाक्ट नेपालको प्राबिधिक सहयोगमा कानको अप्रेशनका लागि छ्नौट र बहिरोपन जाँच तथा कानको सामान्य जाँच लगायत उपचार शिबिर संचालन गरिने बडिकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बताउनु भयो ।
गाउँघरमै रहेका उपचारका लागि धनगढी, नेपालगन्ज जस्ता टाढाका ठाउमा उपचार गर्न जानू पर्ने बाध्यता रहेका स्थानीय नागरिकलाई केही हदसम्म भए पनि सहजहोस भन्ने उद्देश्यले शिबिर संचालन गरिन लागेको बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर बहादुर बुढाले बताउनु भयो ।
शिबिर जेठ १५ गते देखि २० गते ५ वटै वडामा संचालन हुने छ ।
जस अन्तर्गत जेठ १५ गते घाङल स्वास्थ्य चौकी घाङल ,जेठ १६ गते लाना केदारेश्वर स्वास्थ्य चौकी मार्कोट त्यस्तै जेठ १७ गते मान्नाकापडी स्वास्थ्य डिकेवन,जेठ १८ गते सडेखान सामुदायिक स्वास्थ्य इकाई सडेखान , जेठ १९ गते खड्यौली सामुदायिक स्वास्थ्य इकाई खड्यौली र जेठ २० गते बर्छैन स्वास्थ्य चौकी देउलिमा स्वास्थ्य शिबिर संचालन हुने पालिकाले जनाएको छ ।
