Badikedar Khabar

डोटीकाे बडिकेदारमा  विपद प्रतिकार्य  योजना निर्माण सम्बन्धि तालिम सम्पन्न

डोटी : डोटीको बडिकेदार गाउँपालिकामा विपद तथा जलबायु उत्थानशिल समितिका (एलडिएमसि) का लागि विपद प्रतिकार्य कार्य तथा क्षमता बिकास सम्बन्धि  तालिम सम्पन्न भएको छ ।

युनिसेफ नेपाल धनगढीको सहयोग र बडिकेदार गाउँपालिकाको आयोजना तालिम सम्पन्न भएको हो ।

jnhit

विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्य क्षमताको विकास गर्ने उद्देश्यसाथ सञ्चालन गरिएको  विपद् प्रतिकार्य तालिममा पालिकाका अध्यक्ष उपाध्यक्ष शाखा प्रमुख , वडा अध्यक्ष ,स्वयंसेवक, शिक्षक, सामाजिक क्षेत्रका ब्यक्तित्वहरु ,र  बिद्यार्थीहरुलाइ तालीम दिइएको बडिकेदार गाउँपालिकाका  विपद (फोकल पर्सन )चक्र कलेलले बताउनु भयो ।
बडिकेदार गाउँपालिका भित्रका बिपदका सम्भावनाहरू, विपद बाट क्षति हुनसक्ने स्थानहरूको डाटा सङ्कलन, नक्साङ्कन
मार्फत जोखिम क्षेत्रको पहिचान गरी बडिकेदार गाउँपालिकाको विपत तथा जलवायु उत्थानशील योजना निर्माण गरिने फोकल पर्सन कलेलले बताउनु भयो ।

तालिममा सहभागीहरूले भूकम्प, बाढी, पहिरो, प्राकृतिक प्रकाेप प्राथमिक उपचार आधारभूत जीवन सुरक्षा, सब व्यवस्थापन आगलागी , आधारभूत खोजविधि, पानीजन्य आपतकाल लगायतका कारकबाट विपद्का समयमा अपनाउनुपर्ने उपाय, प्रारम्भिक उद्धार,, सामुदायिक समन्वय जस्ता विषयमा ,सामुदायिक उद्वारकर्ताले व्यावहारिक ज्ञान तथा सीप सम्बन्धि अभिमुखीकरण गराइएको तालिमका परामर्शदाता लोकराज जोशीले बताउनु भयो ।

तालिमद्वारा प्राप्त सीपहरू विपद्को बेला महत्वपूर्ण हुने र  जसले स्थानीय तहमा विपद् प्रतिकार्यमा सक्षम जनशक्ति तयार पार्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ। बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट (कलेल)ले बताउनु भयो ।

sugag
याे पनि हेर्नुस्
Loading...