नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरकाे वडामा निर्वाचन सम्पन्न भएको छ । शिखर नगरपालिका वडा नं. ८ काे कार्यसमिति सर्व सहमत चयन भएको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न गर्ने उक्त वडा डोटीको पहिलो वडा हो । अधिवेशनबाट सभापतिमा लाल बहादुर महराकाे नेतृत्वमा वडा समिति, प्रतिनिधिहरू निर्विरोध चयन भएका छन् ।
समितिको उपसभापतिमा केशवराज भट्ट र लक्ष्मी साउद नेपाली, सचिवमा दिपक वोगटी र जानकी ताम्राकार, सह सचिवमा लोक बहादुर रावत र कृष्णा साउद बलायर निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यमा धौली देवी रावल, महादेव वलायर लगायतका निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी क्षेत्रिय प्रतिनिधिमा गिरि वलायर, शिद्ध वहादुर वलायर, अर्जुन कुमार वलायर, धौली देवी रावल, हर्क वहादुर वलायर, कमला वलायर , इन्द्रा दमाई लगायत निर्विरोध चयन भएका छन् ।