Badikedar Khabar

डोटीका तिन पालिका स्थरमा गुनासो सुनुवाई व्यवस्थापन समिती गठन ।

jnhit

सम बिकास केन्द्र डोटी र यूरोपियन यूनियन को साझेदारीमा संचालन हुदै आएको परिवर्तन परियोजना संचालित शिखर नगरपालिका जेरायल गाउँपालिका र केआईसिंह गाउँपालिकाहरुमा गुनासो सुनुवाई ब्यबस्थापन समिती गठन गरिएको छ । परिवर्तन परियोजनाको अयोजनामा डोटीका तीन स्थानिय सरकारका प्रमुख, उपप्रमुख जनप्रितिनिध,कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत लगायत पालिकाका शाखा प्रमुखहरुको सहभागितामा सो समिति केआईसिंह गाउँपालिकामा गठन भएको हो ।

गुनासो सुनुवाई ब्यबस्थापन सम्बन्धि कार्यविधी, २०७८ को अभिमुखीकरण तथा सम्वाद संगै उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा ५ ,५ सदस्यीय समिती गठन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ९४० क। ९१० को प्रयोजनको लागि परिवर्तन परियोजना संचालित गाउँ तथा नगरपालिकामा गुनासो ब्यबस्थापन समिती गठन गरिएको हो ।

sugag
याे पनि हेर्नुस्
Loading...