Badikedar Khabar

सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता धनगढी मा हुने ।

धनगढी      सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।

 

jnhit

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ।

 

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने छ। प्रतियोगिता आयोजना गर्नका लागि झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ। जिल्लाहरुलाई टीम छनोटका लागि सुरुमा ५० हजार दिइएको थियो।

 

sugag
याे पनि हेर्नुस्
Loading...