अखिल नेपाल महिला संघ क्रान्तिकारी बडीकेदार गाउँपालिका को प्रथम भेला सम्पन्न भएको छ ।

सो भेला जेष्ठ सदस्य नन्दकला घर्तिमगर को अध्यक्षतामा भयको भेला का प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारी का केन्द्रीय सदस्य प्रेमा ओली विशिष्ट अतिथि नेपाल महिला संघ क्रान्तिकारी का जिल्ला अध्यक्ष गीता शोप नेपाली , अथितिमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय तथा बडीकेदार गाउँपालिका गाउ संगठन कमिटी अध्यक्ष दिनेश घर्तिमगर , नेकपा माओबादी केन्द्र जिल्ला सदस्य तथा बडीकेदार गाउँपालिका वाड नम्बर ४ अध्यक्ष बल बहादुर बुढा रहनु भयको थियो ।
साथै सो भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारी बडीकेदार गाउँपालिमा गौरा घर्तिमगर को अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
उक्त भेलाले उपाध्यक्ष मा भगवति दगालीमगर ,टिका कुमारी बोहरा ,दुर्गा शार्कि , कालु देवि बिक, धनसरा बि क रहनुभएको छ । साथै सचिबमा दिपा घर्तिमगर ,सहसचिवमा र्निमला देवि ताडी र कोषध्यक्षमा शारदा बि क लगाएत ७५सदस्यी समिति गठन भएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा बडीकेदार गाउँपालिका गाउ संगठन कमिटी अध्यक्ष दिनेश घर्तिमगर जानकारी दिनु भएको हो ।
सो कार्यक्रम मंगलबार बडीकेदार गाउँपालिका मा सम्पन्न भएको हो ।
