Badikedar Khabar

घोडाघोडीको प्रतिखेतमा प्रहरी पोष्टको उद्घाटन

कैलालीको घोडाघोडीमा अस्थाई प्रहरी पोष्टको उद्घाटन गरिएको छ । पालिकाको वडा नम्बर ६ स्थित प्रतिखेतमा सुदूरपश्चिम प्रदेश सांसद अमर बहादुर साउँदले एक कार्यक्रमका बिच प्रहरी पोष्टको उद्घाटन गरेका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।
jnhit
कार्यक्रममा बोल्दै सांसद साउँदले प्रहरीको पहुँचले गर्दा समाजमा हुने नकारात्मक क्रियाकलापहरूमा कमी आउने विश्वास व्यक्त गरेका छन् । विकट ठाउँमा अस्थाई प्रहरी पोष्ट हुनु खुसीको कुरा भएको उनले बताए । अस्थाई प्रहरी पोस्ट स्थापना हुँदा गाउँ घरमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण हुनुको साथै शान्ति सुरक्षाको प्रत्याभूति हुने उनले बताए ।
sugag
याे पनि हेर्नुस्
Loading...