Badikedar Khabar

नेपाल रेडक्रस सोसाइटी डोटीद्धारा स्वास्थ्य सामग्री वितरण

jnhit

डोटी    नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जिल्लाका विभिन्न पालिकालाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ । बोगटान फुड्सिल, बडिकेदार, जोरायल, सायल गाउँपालिका, शिखर नगरपालिका र जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

वितरण गरिएको सामग्रीमा सेनिटाइजर, क्लोरिन, स्प्रिय, पिपिई, डेथ बडी ब्याग, कन्सनट्रेटर, अक्सिजन सिलिन्डर, फ्लोमिटर र अस्सीमिटर रहेका छन् । कोरोना महामारी कायमै रहेको बेला भारत लगायतका ठाउँबाट दशैतिहार मान्न घर फर्कनेहरुका कारण झन जोखिम हुने हुदा केही सहज होस् भनेर बिहिवार एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री पालिकाका स्वास्थ्य संयोजकहरुलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला सभापति लक्षिराम कुवरले बताए ।

sugag
याे पनि हेर्नुस्
Loading...