डोटी को जोरायल गाउँपालिका वडा नं।२ छतिवनको मेल खोलाका दलित तथा सिमान्तकृत समुदायका ६४ परिवारलाई २ सय ९१ बाख्रा वितरण गरिएको गरेको छ ।
डेन चर्च एड डिसिए नेपालको आर्थिक सहयोगमा सम विकास केन्द्र नेपाल डोटीद्वारा सञ्चालित गिफ्ट परियोजना अन्तरगत बाख्रा गिफ्ट दिएको सम विकास केन्द्र नेपालका कार्यक्रम संयोजक महेश परियारले जानकारी दिए । उनले भने ‘हामीले तिस लाखको लागतमा दलित तथा सिमान्तकृत परिवाहरुलाई सहयोग स्वरूप हस्तान्तरण गरेका छौँ ।’
प्रति परिवार कम्तीमा ४ र बढीमा ६ बाख्रा वितरण गरेको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments