उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने छठ पर्व सम्पन्न भएको छ।
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भएको हो।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ।
छठपूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुका साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।