Badikedar Khabar

प्रहरी नायब उपरीक्षक तिम्सिनाको निधन

सप्तरी, २६ कार्तिक ।

jnhit

इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उनको आज बिहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दसैँअघि बिरामी परेका प्रनाउ तिम्सिनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो । यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टरमार्फत लागि प्रहरी अस्पताल पुर्‍याइएको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...